नियम ६३
सेवाबाट हटाउने वा बर्खास्त गर्ने
(१) देहायका कुनै अवस्थामा सजायको आदेश दिने अधिकारीले प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सक्नेछ ः-
(क) आनो पदीय जिम्मेवारी प्रति लापरवाही गरी पूरा नगरेमा,
(ख) आचरण सम्बन्धी कुराहरु बराबर उल्लङ्घन गरेमा,
(ग) कार्यालय समयमा बराबर मादक पदार्थ सेवन गरेमा,
(घ) बराबर अनुशासनहीन काम गरेमा,
(ङ) राजनीतिमा भाग लिएमा,
(च) बिदा स्वीकृत नगराई लगातार पैँतालीस दिनसम्म आनो कार्यालयमा अनुपस्थित रहेमा,
(छ) नैतिक पतन देखिने बाहेकका अन्य कुनै फौजदारी कसूरमा दोषी ठहर भई कैद सजाय तोकिएमा,
(ज) अध्ययन बिदा पूरा गरी फर्की आएपछि नियम ३५ को उपनियम (८) बमोजिमको अवधिसम्म सेवा नगरेमा,
(२) देहायको कुनै अवस्थामा प्रहरी कर्मचारीलाई सजायको आदेश दिने अधिकारीले भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्न सक्नेछ ः-
(क) नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार ठहरिएमा,
(ख) भ्रष्टाचार गरेको प्रमाणित भएमा ।
(ग) नियम ५३क. को उपनियम (१), (२) र (३) मा उल्लिखित आचरण उल्लङ्घन गरेमा ।